उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको बताएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले होइन, भारत र निजी क्षेत्रले गरेको जिकिर गरे। उनले घिसिङले उद्योगको लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङको अन्त्य भएको हल्ला फैलाएको आरोप लगाए।
मन्त्री खड्काले सरकारी प्राधिकरणले ७०० मेगावाट विद्युत मात्र उत्पादन गर्दै, ८२५ मेगावाट विद्युत भारतबाट आयात गरेर नेपालको आपूर्ति सुनिश्चित गरेको बताए। उनले प्राधिकरणको नाफा भएको भनिएको दाबीको विरोध गर्दै महालेखा परीक्षकको प्रतिवेदनमा प्राधिकरणको २ खर्ब रुपैयाँभन्दा बढी घाटा रहेको जानकारी दिए।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया