आन्तरिक उत्पादन नबढाई अर्थतन्त्र सुधार सम्भव छैन: अर्थमन्त्री खनाल

आन्तरिक उत्पादन नबढाई अर्थतन्त्र सुधार सम्भव छैन: अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

७४औँ अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागद्वारा आज आयोजित कार्यक्रममा बोल्दै उनले आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न सहज नहुने स्पष्ट पारेका छन्। उनले आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा ऐन–कानुनमार्फत त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका छन्। अर्थतन्त्रलाई टेवा पुग्नेगरी आन्तरिक उत्पादन प्रवर्द्धन गर्ने स्पष्ट नीति निर्माण आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले भन्सार ऐनको प्रभावकारी कार्यान्वयन र भन्सार नियमावली छिट्टै ल्याउने विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन्।

निजी क्षेत्रले उठाएका केही माग क्रमशः सम्बोधन हुँदै गएको उल्लेख गर्दै उनले सुधारका राम्रा कामको प्रारम्भिक चरणमा आलोचना आउनु स्वभाविक भएको बताएका छन्। सुधार निरन्तर चलिरहने प्रक्रिया भएको जनाउँदै त्यसका लागि नेतृत्व तहबाटै दृढ पहल आवश्यक रहेको उनको भनाइ छ।

तराईका जिल्लामा लागूऔषध दुव्र्यसनीको समस्या बढिरहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले नेपालमा आयात गर्न प्रतिबन्धित वस्तुहरू कसरी भित्रिरहेका छन् भन्ने विषयमा प्रश्नसमेत उठाएका छन्। अन्तरराष्ट्रिय भन्सार दिवसको अवसर पारेर उत्पत्तिको प्रमाणपत्र राष्ट्रिय एकद्वार प्रणालीमार्फत मात्र जारी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। अब क्युआर कोडसहितको उत्पत्तिको प्रमाणपत्र अनलाइनमार्फत जारी हुनेछ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
सियाराम चौधरी
सियाराम चौधरी
5 months ago

प्रत्येक बर्ष लाखौं लाख मेट्रिक टन धान चामल भारतबाट आयात हुन्छ, भित्रिन्छ तर नेपाली किसानले उत्पादन गरेका धान सरकारले समर्थन मुल्यमा खरिद गर्दैन (किन्दैन) नेपालमा धान उत्पादन भइसकेपछि धान बेच्न पनि कोटा सिस्टम लागू हुन्छ। त्यसमा पनि प्रत्येक पालिकाबाट तीन हजार क्विन्टल खरिद गर्ने भनेर नेपाल खाद्य संस्थानले सूचना जारी गर्छ। यस्तो परिस्थितिमा किसानले उत्पादन बढाएर के गर्नु ?

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स