मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिरी जमानीमा छाडिने भएको छ। साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार उनलाई हाजिरी जमानीमा छाड्ने गरी रिहा प्रक्रिया अघि बढाइएको छ।
प्रसाईंलाई चाल्नाखेलबाट साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो। माघ महिनाको पहिलो साता पनि उनी हाजिरी जमानीमा छुटेका थिए।
उनी पक्राउ पर्नुको मुख्य कारण नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर गगन थापामाथि आर्थिक चलखेलको भ्रम फैलाउनु रहेको बताइएको छ। आयोगले प्रसाईंमाथि कारबाही गर्न साइबर ब्युरोमा पत्रचार गरेको थियो।


















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया