डा. शेखर कोइरालाले कांग्रेस सभापतिमा फेरि लड्ने घोषणा, जित्नेमा शतप्रतिशत ढुक्क

डा. शेखर कोइरालाले कांग्रेस सभापतिमा फेरि लड्ने घोषणा, जित्नेमा शतप्रतिशत ढुक्क

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशनमा पनि सभापतिमा चुनाव लड्ने घोषणा गरेका छन्। कैलालीको धनगढीमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले सभापति पदको चुनाव जित्नेमा शतप्रतिशत विश्वस्त रहेको बताए।

कोइरालाले भने, “सभापति जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ?” भन्ने प्रश्नको जवाफमा, “शत प्रतिशत विश्वस्त छु,” भन्दै आफ्नो दावी बलियो राखे। उनले १४औं महाधिवेशनमा सँगै लडेका आफ्ना टोलीका सदस्यहरूसँग पनि अझै सहयोग र एकता कायम रहेको स्पष्ट पारे।

महामन्त्री गगन थापासँगको कुनै असमझदारी नभएको समेत उनले जनाएका छन्। पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वको बारेमा कोइरालाले भने, “उहाँ (देउवा) सुदूरपश्चिमको मात्रै होइन, सबैको आदरणीय नेता हुनुहुन्छ।”

कोइरालाले आफ्नो भनाइमा यो सरकारको असफलता भएमा अराजकता निम्तिने चेतावनी दिँदै सरकारलाई जनअपेक्षाअनुसार काम गर्न आग्रह गरे। “यो सरकार असफल भयो भने अराजकता निम्तिन्छ,” उनले भने, “त्यसैले यो सरकारले म्यान्डेटअनुसार काम गर्नुपर्छ।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स