दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले गत चैत १९ देखि वैशाख १४ गतेसम्म निष्काशन गरेको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयरको बाँडफाँड वैशाख ३१ गते गरेको छ।
कम्पनीले कायम सेयरधनीहरूलाई १:१ अनुपातमा, प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ दरले हकप्रद सेयर बिक्री खुला गरेको थियो। माघ १४ गतेसम्म कायम सेयरधनीहरूले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका सेयरधनीहरूले मागअनुसार ८५ लाख ९५ हजार ९२८ कित्ता हकप्रद सेयर पाएका छन् भने बाँकी १९ लाख ४६ हजार ६७६ कित्ता सेयर बाँडफाँडमा नपरेको हुँदा लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याउने तयारी छ। लिलामीको मिति भने हाल टुंगो लागिसकेको छैन।
कम्पनीले हकभन्दा बढी सेयर माग गरेर बाँडफाँडमा नपरेका आवेदकहरूको रकम जेठ ४ गतेदेखि कनेक्ट आईपीएसमार्फत फिर्ता गरिने पनि जनाएको छ।
दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।













![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया