दोर्दी खोला जलविद्युत कम्पनीले फेरि हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख रुपैयाँको ५६.६२ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले हकप्रद निष्काशन सम्बन्धी प्रस्ताव पुस २१ गते हुने साधारणसभामा पेश गर्ने योजना बनाएको छ। प्रस्ताव अनुसार कम्पनीले १:०.५६६२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ।
यो अघि कम्पनीले २०८१ चैत्र १९ देखि २०८२ वैशाख १४ गतेसम्म १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद सेयर जारी गरेको थियो। एक वर्ष नबित्दै कम्पनीले फेरि हकप्रद निष्काशनको निर्णय गरेको हो।













![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






प्रतिकृया