दोर्दी खोला कम्पनी लिमिटेडले फागुन १४ गतेसम्म कायम सेयरधनीहरूका लागि १:१ को अनुपातमा निष्काशन गरेको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयरमा पुनः आवेदन खुला गरेको छ। यसअघि कम्पनीले गत चैत १९ देखि वैशाख ८ गतेसम्म आवेदन खुला गरेको थियो।
यससँगै हकप्रद सेयर भर्न छुटेका सेयरधनीहरुले आज वैशाख १२गते देखि १४ गते आइतबार बैंकिङ समयसम्म फेरि आवेदन दिन सक्ने व्यवस्था गरेको हो।कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ।कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, वीरगन्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन्।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया