जिल्ला प्रशासन कार्यालय झापाले युट्युबरलाई भन्यो, “माइक तेर्साएर ‘भोट कसलाई? भनेर नभन्नु”

जिल्ला प्रशासन कार्यालय झापाले युट्युबरलाई भन्यो, “माइक तेर्साएर ‘भोट कसलाई? भनेर नभन्नु”

जिल्ला प्रशासन कार्यालय झापाले मतदातालाई कुन उम्मेदवार वा दललाई भोट दिने भन्ने प्रश्न गर्न रोक लगाएको छ। झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंले संयुक्त विज्ञप्ति जारी गरी यो निर्णयको जानकारी दिएका छन्।

अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जाल (फेसबुक, युट्युब आदि) मार्फत सर्वसाधारणसँग “कसलाई मतदान गर्नुहुन्छ?” भन्ने प्रश्न सोधेर मतदाताको गोपनीयता भंग गर्ने कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ। यसलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) अनुसार उल्लङ्घन मानिएको छ।

यो सूचना जारी भएपश्चात् कोही यस प्रकारको कार्य गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही अघि बढाइनेछ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन लागेको छ। निर्वाचन नजिकिँदै गर्दा दलहरू चुनावी घरदैलो अभियानमा व्यस्त छन्। यसै समयमा विभिन्न सञ्चार माध्यमले मतदातालाई मतदानको दिशा सोध्ने प्रयास गरेको पाइएकोले प्रशासनले कडाइ गरेको हो।

620475891 1975094006724942 7865474050480550075 n https://bajarkochirfar.com/district-administration-office-jhapa-told-youtuber-dont-hold-up-the-microphone-and-say-vote-for-whom | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स