दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको अघिल्ला दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारणसभा आज बिहान ११:३० बजेबाट मैतीदेवी, सेतोपुलस्थित अन्नपूर्ण पार्टी भेन्यूमा बस्दैछ।
सभाले कम्पनीको चुक्ता पूँजीमा १ः१ अनुपातमा शतप्रतिशत अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सो कार्यका लागि आवश्यक प्रक्रिया अघि बढाउन, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न तथा अन्य कम्पनीसँग मर्जर प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
सभाले अघिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरणहरू पारित गर्नेछ। यससँगै, अघिल्लो आवका लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन तथा चालु आवका लागि नयाँ लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारणसमेत गरिनेछ।
त्यसैगरी, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक तथा स्वतन्त्र सञ्चालकको नियुक्ति र अनुमोदन गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेकोले, जेठ ७ गतेसम्म नेप्सेमा नाम कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।



















प्रतिकृया