१०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै दिव्यश्वरी हाइड्रोपावर, बोलायो साधारण सभा

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३० गते
१०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै दिव्यश्वरी हाइड्रोपावर, बोलायो साधारण सभा

दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आउँदो जेठ २२ गते बिहान ११:३० बजे, मैतीदेवी सेतोपुलस्थित अन्नपूर्ण पार्टी भेन्युमा वार्षिक साधारण सभा आह्वान गरेको छ। यो सभा कम्पनीका पछिल्ला दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक गर्ने उद्देश्यले बोलाइएको हो।

सभामा कम्पनीको चुक्ता पूँजीको १ः१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, यस प्रक्रियाका लागि आवश्यक सबै काम गर्न, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, र अन्य कम्पनीहरूसँग गाभ्ने (मर्जर) प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पारित गरिनेछ।

त्यसका साथै, दुबै आर्थिक वर्षका वार्षिक प्रतिवेदन, वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन, र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावहरू पनि सभामा पारित गरिनेछन्।

सञ्चालक समितिमा रिक्त रहेका सञ्चालक र स्वतन्त्र सञ्चालकको नियुक्ति तथा अनुमोदनसम्बन्धी प्रस्तावहरू पनि सभाको एजेन्डामा छन्।

सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यस आधारमा, जेठ ७ गतेसम्म नेप्सेमा दर्ता भइसकेका सेयरधनीहरू मात्र उक्त सभामा सहभागी हुन योग्य हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स