चार पटक मन्त्रिपरिषद् बैठक बस्दा पनि भएन बोर्डको अध्यक्ष नियुक्ति

चार पटक मन्त्रिपरिषद् बैठक बस्दा पनि भएन बोर्डको अध्यक्ष नियुक्ति

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको भए पनि मन्त्रिपरिषद्ले अझै निर्णय गर्न सकेको छैन।

नयाँ अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट र मुकुन्दकुमार क्षेत्रीको नाम सिफारिस गरिसकेको छ। त्यस यता ४ पटक मन्त्रिपरिषद् बैठक बसेको छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा जेठ ११, जेठ १५, जेठ १९ र आज (जेठ २६) गरी चार पटक मन्त्रिपरिषद् बैठक बसे पनि बोर्ड अध्यक्ष नियुक्तिको विषय टुंगो लाग्न सकेन।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा मुछिएपछि तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएयता बोर्ड नेतृत्वविहीन छ।

यद्यपि अन्तिम सूची मन्त्रिपरिषद्मा पुगेको लामो समय बितिसक्दा पनि सरकारले अध्यक्ष नियुक्तिसम्बन्धी निर्णय गर्न सकेको छैन।

धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्वविहीन रहँदा पुँजी बजारसँग सम्बन्धित विभिन्न नीतिगत तथा नियामकीय निर्णय प्रभावित हुँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स