२ सय प्रतिशतले बढ्यो डिप्रोक्स लघुवित्तको नाफामा, खराब कर्जा पनि घट्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २४ गते
२ सय प्रतिशतले बढ्यो डिप्रोक्स लघुवित्तको नाफामा, खराब कर्जा पनि घट्यो

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, संस्थाको खुद नाफा १९७.४६ प्रतिशतले बढेर २० करोड २२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो।

 इम्पेयरमेन्ट चार्ज घट्नु र खुद ब्याज आम्दानीमा वृद्धि भएका कारण संस्थाको नाफा वृद्धि भएको हो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.५२ प्रतिशतले बढेर ५३ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यद्यपि, संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ४ करोड ५९ लाखबाट घटेर ४ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। संस्थाको सञ्चालन मुनाफा ९ करोड ७१ लाखबाट बढेर २८ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ५५ लाख ५१ हजार रुपैयाँ छुट्याएको छ। जुन गत वर्ष १३ करोड २४ लाख रुपैयाँ थियॊ। यस्तै, समीक्षा अवधिमा खराब कर्जा अनुपात ९.०१ प्रतिशतबाट घटेर ८.७३ प्रतिशतमा सिमित भएको छ।

गत बर्षको तुलनामा असोज मसान्तसम्म संस्थाको वितरणयोग्य मुनाफा ३६ करोड १६ लाखबाट बढेर ७५ करोड ९० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, लाभांश क्षमता २१.२० प्रतिशतबाट बढेर ४०.६३ प्रतिशत पुगेको छ।

१ अर्ब ८६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको असोज मसान्तसम्म रिटेन्ड अर्निङ ७५ करोड ९० लाख रुपैयाँ, र रिजर्भको आकार १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा बाट बढेर ४३ रुपैयाँ २९ पैसा, प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ २१ पैसा, तरलता अनुपात ५.२५ प्रतिशत, मूल्य आम्दानी अनुपात १८.६२ गुणा, र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १,४५२ रुपैयाँ ४५ पैसा रहेको छ।

DDBL 1 https://bajarkochirfar.com/deprosc-laghubittas-profit-increases-by-200-percent-bad-loans-also-decrease | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स