काठमाडौंसहित देशभर जेनजी पुस्ताको प्रदर्शन आजदेखि

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २३ गते
काठमाडौंसहित देशभर जेनजी पुस्ताको प्रदर्शन आजदेखि

सन् १९९७ देखि २०१२ भित्र जन्मिएका ‘जेनजी’ पुस्ताले आज काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका छन्। राजधानीमा माइतीघर मण्डलामा मुख्य प्रदर्शन हुने जनाइएको छ।

सरकारले भदौ १२ गते सात दिनको समय दिएर २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि जेनजी पुस्ताले तीव्र आपत्ति जनाउँदै सडक आन्दोलनको घोषणा गरेका हुन्। सामाजिक सञ्जालमै बढी निर्भर रहने भएकाले यस निर्णयले उनीहरूलाई प्रत्यक्ष प्रभावित पारेको दाबी गरिएको छ।

जेनजी पुस्ताले अभिव्यक्ति स्वतन्त्रता सीमित हुने, आपसी सम्पर्क र सिर्जनशीलतामा अवरोध आउने तथा अनलाइन व्यापार, ई–कमर्स, डिजिटल मार्केटिङ र विज्ञापन उद्योग ठप्प हुने खतरा रहेको भन्दै स्वतःस्फूर्त प्रदर्शन सुरु गरेको हो।

आन्दोलनलाई कलाकार, कन्टेन्ट क्रियटर्सलगायतले पनि साथ दिएका छन्। टिकटकलगायत प्लेटफर्मका चर्चित प्रयोगकर्ताले राजनीतिकरण नगर्न आह्वान गरेका छन्। पत्रकार सम्मेलनमार्फत जेनजीले भ्रष्टाचार र अन्यायविरुद्धको यो विद्रोह सरकार मात्र बदल्ने होइन, सम्पूर्ण राजनीतिक व्यवस्थालाई रूपान्तरण गर्ने अभियान भएको स्पष्ट पारेका छन्। उनीहरूको लक्ष्य नेपाललाई तीव्र विकासमार्फत विश्वका उन्नत राष्ट्रको स्तरमा उभ्याउने रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स