१० मेगावाटभन्दा साना जलविद्युत आयोजनामा ३५ वर्षे बन्देज हटाउन सरकारसँग माग



Advertisement
Ads

ऊर्जा व्यवसायीहरूको संस्था, ग्रिन इनर्जी अन्टरप्रेनर्स नेपाल,ले सरकारसँग १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाहरूको अनुमति पत्रमा रहेको ३५ वर्षे बन्देज हटाउने माग गरेको छ।


Advertisement

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा, संस्थाका संयोजक सूर्यप्रसाद अधिकारीले जलविद्युत क्षेत्रका प्रचलित समस्याहरूलाई उठाउँदै ३५ वर्षे बन्देज हटाउने र प्रशारण लाइन तथा ग्रिड कनेक्शन सम्झौतामा रहेका असमानताहरू र प्राविधिक पक्षहरूको पुनरावलोकन गर्न सरकारसँग माग गरे।


Advertisement

अधिकारीका अनुसार, निजी क्षेत्रको ११० वटा जलविद्युत आयोजनाहरूमध्ये अधिकांश घाटामा चलिरहेका छन्। उनले केही आयोजनाहरू ऋण प्रवाहका कारण संकटमा रहेका र बैङ्कहरूले लिलामको प्रक्रियामा लगेका तथ्यहरू प्रस्तुत गरे।

ग्रिन इनर्जी अन्टरप्रेनर्स नेपालले ६ बुँदे माग राख्दै, विद्युत खरिददर वृद्धि, उत्पादन अनुमतिको अवधि ५० वर्ष कायम गर्न, र विदेशबाट खरिद हुने उपकरणमा १ प्रतिशत कर लागू गर्नुपर्ने जस्ता विषयहरूमा ध्यानाकर्षण गरेको छ। उनले साना जलविद्युत आयोजनाहरूलाई दिगो रूपमा सञ्चालन गर्ने विषयमा थप बहस सुरु गर्नु आवश्यक रहेको बताए।द्युत आयोजनाहरूको अनुमति पत्रमा रहेको ३५ वर्षे बन्देज हटाउने माग गरेको छ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा, संस्थाका संयोजक सूर्यप्रसाद अधिकारीले जलविद्युत क्षेत्रका प्रचलित समस्याहरूलाई उठाउँदै ३५ वर्षे बन्देज हटाउने र प्रशारण लाइन तथा ग्रिड कनेक्शन सम्झौतामा रहेका असमानताहरू र प्राविधिक पक्षहरूको पुनरावलोकन गर्न सरकारसँग माग गरे।

अधिकारीका अनुसार, निजी क्षेत्रको ११० वटा जलविद्युत आयोजनाहरूमध्ये अधिकांश घाटामा चलिरहेका छन्। उनले केही आयोजनाहरू ऋण प्रवाहका कारण संकटमा रहेका र बैङ्कहरूले लिलामको प्रक्रियामा लगेका तथ्यहरू प्रस्तुत गरे।

ग्रिन इनर्जी अन्टरप्रेनर्स नेपालले ६ बुँदे माग राख्दै, विद्युत खरिददर वृद्धि, उत्पादन अनुमतिको अवधि ५० वर्ष कायम गर्न, र विदेशबाट खरिद हुने उपकरणमा १ प्रतिशत कर लागू गर्नुपर्ने जस्ता विषयहरूमा ध्यानाकर्षण गरेको छ। उनले साना जलविद्युत आयोजनाहरूलाई दिगो रूपमा सञ्चालन गर्ने विषयमा थप बहस सुरु गर्नु आवश्यक रहेको बताए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर