नेपालमा ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ ईभी ब्रान्ड चांगानको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले लक्जरी, स्टाइल र प्रविधिको संयोजन भएको इलेक्ट्रिक एसयूभी दिपल एस०५ सार्वजनिक गरेको छ। चीनका राजदूत सेन सङ, चांगान अटो साउथइस्टका प्रबन्ध निर्देशक सेन सिन्हुवा, एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
यसमा ‘फ्रन्ट सिट वेलकमिङ’, ‘भेन्टिलेटेड’ र ‘हिटेड’ सुविधा, ‘जिरो ग्राभिटी’ क्विन कोपाइलट सिट, १४ स्पिकरयुक्त स्काइ सरान्ड साउन्ड सिस्टम र १५९ लिटरको ‘फ्रंक’ छ। ‘आईएफ डिजाइन अवार्ड २०२५’ जितेको यो मोडेलको ड्रयाग कोफिसेन्ट ०.२५८ सीडी छ।
‘रिमोट इन एन्ड आउट पार्किङ’, ‘एडास २.०’का १९ सुरक्षा फिचर, ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’, १४.४ इन्च टचस्क्रिन र इन्टरनेट कनेक्टिभिटीजस्ता सुविधा छन्। सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री’ १५ मिनेटमा ३०–८०% चार्ज हुन्छ र ४७० किमि रेन्ज दिन्छ।
सुरुआती मूल्य प्लस भेरियन्टको ४८.९९ लाख र म्याक्सको ५४.९९ लाख रुपैयाँ छ। पाँच रंग र दुई इन्टेरियर संयोजनमा उपलब्ध छ।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया