सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस ६ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
सञ्चालक समितिले आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।
सीवाइसी नेपालले यसअघि आर्थिक वर्ष २०७८–७९ मा सेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो।













![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया