क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा १ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६३८.६४ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा कम्पनीले १४ लाख २६ हजार रुपैयाँ कमाएको थियो।
यस अवधिमा कम्पनीको बिमा शुल्क आम्दानी ३४६.४२ प्रतिशतले वृद्धि भई १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ। बीमा शुल्क आम्दानी बढेसँगै कम्पनीको नाफामा सुधार देखिएको हो। साथै, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ८.०३ प्रतिशतले वृद्धि भई ३ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको कुल आम्दानी १९८.७२ प्रतिशतले वृद्धि भएको छ भने कुल खर्चमा पनि १९०.५९ प्रतिशतको वृद्धि देखिएको छ।
नाफासँगै क्रेष्ट माइक्रो लाइफको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो वर्षको तुलनामा १ रुपैयाँ ५१ पैसाले बढेर १ रुपैयाँ ८७ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ८८ पैसा रहेको छ।
चुक्ता पूँजी ७५ करोड रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा साढे २० लाख रूपैयाँ र जगेडा कोषमा १ करोड २२ लाख रूपैयाँ सञ्चिति रहेको छ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया