म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालिएको छ। आइएमई समूहको लगानीमा हाइड्रो सपोर्ट प्रालिले प्रवद्र्धन गरेको यो परियोजना रुसुवा मल्टी जेभीले निर्माण गर्दैछ।
परियोजनाले ४.८ किलोमिटर लामो सुरुङमार्फत अन्नपूर्ण–२ नौनीबगरस्थित भूमिगत विद्युत्गृहमा पानी खसालेर उत्पादन गर्नेछ। १०५ मिटर हेड रहेको यो रन अफ रिभर प्रकृतिको आयोजनाबाट उत्पादित विद्युत् २२० केभी क्षमताको दाना सवस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ।
आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित १२ अर्ब ९३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको छ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया