सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि त्यसबारे रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आज दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक आह्वान गरेका हुन्। बैठकमा नेकपा एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीलाई पनि बोलाइएको छ।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपति कार्यालयले भने ती अध्यादेश हाल अध्ययनको क्रममा रहेको जनाएको छ।
यो पनि पढ्नुहोस सरकारले ल्याउने भयो २ वटा अध्यादेश, प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पठाइयो
















प्रतिकृया