SHAREHUBSHAREHUB

सरकारले ल्याउने भयो २ वटा अध्यादेश, प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पठाइयो

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १५ गते
AdvertisementAds
सरकारले ल्याउने भयो २ वटा अध्यादेश, प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पठाइयो
AdvertisementAds

सरकारले संवैधानिक परिषद् सम्बन्धी र सहकारी समस्या समाधान सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो। संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी तथा सहकारी क्षेत्रका समस्या समाधान गर्ने उद्देश्यसहित अध्यादेश ल्याउन सिफारिस गरिएको हो।

राष्ट्रपतिसमक्ष पुगेका अध्यादेशहरू हाल अध्ययनको क्रममा रहेका छन्।

यसअघि सरकारले वैशाख ८ गते संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सोहीअनुसार वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरिएको थियो। तर पछि सरकारले विशेष कारण देखाउँदै अधिवेशन स्थगन गर्न सिफारिस गरेपछि राष्ट्रपति पौडेलले अधिवेशन स्थगन गरेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स