नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा लोडसेडिङ अन्त्य र जलविद्युत् क्षेत्रमा निजी लगानी ल्याउन कांग्रेसको ठूलो भूमिका रहेको बताएका छन्।
इप्पानको २३औँ साधारणसभामा देउवाले तत्कालीन जलस्रोत मन्त्री शैलजा आचार्यको पहलमा निजी क्षेत्रले ठूलो लगानी गरेको स्मरण गर्दै, निजी क्षेत्रले बिजुली उत्पादन गरेपछि लोडसेडिङ अन्त भएको बताए। उनले आफू प्रधानमन्त्री हुँदा पहिलोपटक ३९ मेगावाट विद्युत् भारत निर्यात भएको पनि उल्लेख गरे।
उनले वनसम्बन्धी समस्या र सेयर निष्काशन प्रक्रिया जस्ता अवरोध समाधान गर्न सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताए। “प्रकृतिको उपहार पानीबाट बिजुली उत्पादन गरी भारतमा बिक्री गर्न सकियो भने देश समृद्धि हुन्छ,” उनले भने।

















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)



प्रतिकृया