निर्वाचन हारको समीक्षा गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १० गते
निर्वाचन हारको समीक्षा गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने तय गरिएको छ।

पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका छन्। बैठकमा उनले निर्वाचन परिणाम, राजीनामाको पृष्ठभूमि तथा समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नेछन्। साथै पार्टीले अवलम्बन गर्नुपर्ने राजनीतिक र सांगठनिक कार्यदिशाबारे पनि उनले आफ्ना विचार प्रस्तुत गर्ने जनाइएको छ।

यसअघि केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि आजका लागि पुनः बैठक बोलाइएको हो।

बैठकमा पार्टीको नियमित महाधिवेशनको तयारीबारे पनि छलफल हुनेछ। नेताहरूका अनुसार आगामी भदौमा १५औँ महाधिवेशन गर्ने गरी तालिकामाथि छलफल हुने कार्यसूची रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स