सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी आन्दोलनको प्रतिवन्ध लगाउने कडा चेतावनी दिएका छन्। उनले राजसंस्थाको पुनःस्थापनाको माग गर्दै जेठ १५ गतेदेखि सुरु हुन लागेको अनिश्चितकालीन आन्दोलन संविधानविरोधी भएको बताउँदै, यस्तो आन्दोलनमा सरकारले आवश्यक निर्णय लिन सक्ने बताएका छन्।
बिहीवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले भने, “राजतन्त्र पुनःस्थापना गर्न खोज्नु संविधानविरोधी कार्य हो। अहिले सम्म हामीले यस्ता गतिविधिहरूलाई उदारतापूर्वक सहन गर्दै आएका छौं, तर सधैं त्यसरी सहेर बस्न सकिन्न।”
गुरुङले स्पष्ट पारे, “संविधान, लोकतन्त्र र जनताविरोधी गतिविधिहरूलाई हामीले अहिलेसम्म सभा, संगठन, बोल्ने अधिकार छुट दिएका छौं। यो हाम्रो कायरता होइन, यो हाम्रो उदारता हो। तर, त्यसलाई कमजोरी ठान्नु हुन्न।”
उनले थपे, “हामी सरकारका तर्फबाट सबै गतिविधि नियालिरहेका छौं। आन्दोलनले कस्तो रूप लिन्छ, त्यसअनुसार आवश्यक प्रतिक्रिया जनाइनेछ। आजको दिनसम्म प्रतिवन्ध लगाइएको छैन, तर संविधानले सरकारलाई त्यसको अधिकार दिएको छ। सरकार टुलुटुलु हेरेर बस्दैन। दुःख गरेर प्राप्त गरेको गणतन्त्र र लोकतन्त्रको रक्षा गर्नु हामी सबैको कर्तव्य हो।”

















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)
प्रतिकृया