Code for Change ले आयोजना गर्न लागेको नेपालको सबैभन्दा ठूलो राष्ट्रिय स्तरको ह्याकाथन ‘CodeFest 2025’ को तयारी सुरु भएको छ।
ह्याकाथन दुई चरणमा—प्रादेशिक प्रतिस्पर्धा र राष्ट्रिय ग्रान्ड फिनाले—सञ्चालन हुनेछ। +2 देखि स्नातक तहसम्मका विद्यार्थी लक्षित यो प्रतियोगिता सातै प्रदेशका शाखाहरू–सुदूरपश्चिम, दाङ, रुपन्देही, पोखरा, चितवन, काठमाडौं, वीरगञ्ज र कोशी–मार्फत सञ्चालन भइरहेको छ।
काठमाडौं संस्करण “Tech for Transparent Nepal” विषयमा केन्द्रित हुनेछ भने चितवनमा कार्तिक २८–२९ मा सुनगाभा कलेजमा ‘Open Innovation’ मा आधारित ह्याकाथन हुनेछ। वीरगञ्जमा SDGs आधारित UI/UX प्रोटोटाइप प्रस्तुति, कोशी प्रदेशमा ‘दृढ समुदायका लागि प्रविधि’ का समाधान, रुपन्देहीमा शिक्षा, कृषि, यातायात र स्वास्थ्यजस्ता क्षेत्रका आईटी समाधान, पोखरामा एआई–आधारित ई–शासन सुधार, र सुदूरपश्चिममा “Smart Sudurpashchim” अवधारणामा आधारित प्रोटोटाइप विकसित गरिनेछन्।
दाङमा मंसिर ५–६ मा ‘Farms to Future’ विषयमा Ideathon आयोजना हुँदैछ। प्रादेशिक चरण नोभेम्बरसम्म सम्पन्न गरिनेछन् भने राष्ट्रिय फाइनल डिसेम्बरमा काठमाडौंमा आयोजना हुनेछ। दर्ता यस लिंकमार्फत खुला छ— https://bit.ly/Codefest2025Registration



















प्रतिकृया