सिटी होटेल लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरको बाँडफाँड सम्पन्न भएको छ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त बाँडफाँड कार्तिक ११ गते सम्पन्न गरिएको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशतका दरले कुल १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो।
रितपूर्वक आवेदन दिने ४९ हजार १ सय ८५ जना आवेदकलाई जम्मा १ करोड १२ लाख ४१ हजार ५ सय ८२ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। बाँकी २१ लाख ५० हजार ४ सय १८ कित्ता सेयर बिक्री नभएकाले ती लिलामीमा आउने भएका छन्।
क्यापिटलका अनुसार हकप्रदमा नपरेको रकम आज कार्तिक १२ गते बुधबारदेखि सम्बन्धित लगानीकर्ताको बैंक खातामा फिर्ता गरिनेछ।
नेपाल धितोपत्र बोर्डले साउन ४ गते सिटी होटेल लिमिटेडलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको थियो।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया