सिटि होटल लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बुकक्लोज मिति साउन २७ गते निर्धारण गरेको छ। सोही अनुसार, साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यस अन्तर्गत, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरका १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर जारी गरिनेछ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन ४ गते हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो। उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ।



















प्रतिकृया