सिटिजन्स सदाबहार योजनामा २७ गतेसम्म आवेदन दिन सकिने, वार्षिक १५.१० प्रतिशत प्रतिफल

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २४ गते
सिटिजन्स सदाबहार योजनामा २७ गतेसम्म आवेदन दिन सकिने, वार्षिक १५.१० प्रतिशत प्रतिफल

सिटिजन्स क्यापिटलले निष्काशन गरेको खुलामुखी सामुहिक लगानी योजना (ओपन म्युचुअल फण्ड) को इकाईमा असार २७ गतेसम्म मात्र आवेदन दिन सकिने भएको छ। क्यापिटलले असार १३ गतेदेखि सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिटिजन्स सदाबाहर योजना नामको खुलामुखी योजनाको इकाई निष्काशन गरेको हो । यस योजनाको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको छ ।

यस योजनाको आकार ५० करोड अर्थात् ५ करोड इकाईको रहेको छ । जस मध्ये ७५ लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको छ। बाँकि रहेको इकाई मध्ये प्रथम चरणमा ४  करोड २५ लाख इकाई सर्वसाधारणमा निष्काशन गरिएको हो । आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईको लागि दिन सकिने छ। नेपाल धितोपत्र बोर्डले असार २ गते क्यापिटललाई ओपन म्युचुअल फण्ड संचालनको लागि अनुमति प्रदान गरेको थियो ।

योजनाको इकाई खरिद गर्नका लागि आफ्नो मेरो सेयर खाता मार्फत वा सि आश्वा ( C-ASBA) सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने छ । यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम ५००,००० इकाई (अर्थात प्रति इकाई रु. १० को दरले न्यूनतम रकम रु एक हजार र अधिकतम रकम रु पाँच करोड सम्म) खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । यस योजनाको वित्तीय प्रक्षेपण अनसार औषत वार्षिक प्रतिफल १५.१०% हुने अनुमान गरिएको छ ।

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श (Financial Advisory), लगानी व्यवस्थापन (PMS) र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सीइओ सबिर बादे श्रेष्ठ रहेका छन् ।

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह-लगानी रहेको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स