सिटिजन्स बैंक इन्टरनेसनलले पायो ‘बैंक अफ द इयर २०२४’ अवार्ड

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २० गते
सिटिजन्स बैंक इन्टरनेसनलले पायो ‘बैंक अफ द इयर २०२४’ अवार्ड

सिटिजन्स बैंक इन्टरनेसनलले ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गरेको छ। द फाइनान्सियल टाइम्स, लण्डनले बैंकलाई उत्कृष्टता, नवीनता, र दिगो विकासमा महत्त्वपूर्ण योगदानका लागि यो अवार्ड प्रदान गरेको हो।

बिहीबार लण्डनमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अवार्ड ग्रहण गरे। द फाइनान्सियल टाइम्सले विश्वभरका १२० मुलुकका बैंकहरूमध्ये विभिन्न ६ विधामा अवार्ड प्रदान गरेको थियो। नेपालको प्रतिनिधित्व गर्दै सिटिजन्स बैंकले उत्कृष्ट वित्तीय सेवा र दिगो बैंकिङ क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा यो अवार्ड जितेको हो।

‘बैंक अफ द इयर’ अवार्ड १९२६ देखि द बैंकर म्यागजिनद्वारा हरेक वर्ष विश्वका उत्कृष्ट बैंकहरूलाई वित्तीय प्रदर्शन, नवप्रवर्तन, र दिगो विकासका आधारमा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स