छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर भर्ने म्याद थप

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १२ गते
छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर भर्ने म्याद थप

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने म्याद असार २७ गतेसम्म थपिएको छ। कम्पनीले जेठ २३ गतेदेखि १:१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्काशन खुला गरेको थियो। यसअन्तर्गत कम्पनीले हालको चुक्ता पूँजीको आधारमा ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर, जसको कुल मूल्य ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबर, निष्काशन गरिरहेको छ।

हकप्रद निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। कम्पनीले हकप्रदका लागि बुक क्लोज मिति जेठ २ गते निर्धारण गरेको थियो, जसअनुसार जेठ १ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्रै आवेदन दिन सक्ने छन्। नेपाल धितोपत्र बोर्डले वैशाख १२ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स