छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर भर्ने म्याद थप



छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने म्याद असार २७ गतेसम्म थपिएको छ। कम्पनीले जेठ २३ गतेदेखि १:१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्काशन खुला गरेको थियो। यसअन्तर्गत कम्पनीले हालको चुक्ता पूँजीको आधारमा ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर, जसको कुल मूल्य ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबर, निष्काशन गरिरहेको छ।

हकप्रद निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। कम्पनीले हकप्रदका लागि बुक क्लोज मिति जेठ २ गते निर्धारण गरेको थियो, जसअनुसार जेठ १ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्रै आवेदन दिन सक्ने छन्। नेपाल धितोपत्र बोर्डले वैशाख १२ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर