सामाजिक सञ्जाल विधेयक संसदबाट फिर्ता लिने मन्त्रिपरिषद् बैठकको निर्णय

सामाजिक सञ्जाल विधेयक संसदबाट फिर्ता लिने मन्त्रिपरिषद् बैठकको निर्णय

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिन स्वीकृत प्रदान गरेको हो। उक्त निर्णयबारे गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

यसैगरी, सरकारले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने निर्णय पनि गरेको छ। त्यसका लागि सिंहदरबार परिसरको गुरुयोजनामा आवश्यक संशोधन गर्न स्वीकृति दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स