बीवाईडी सिलायन–७ नेपाली बजारमा औपचारिक रूपमा लञ्च गरिएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले गत वर्ष नै नेपाल भित्र्याएको यो गाडी बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो। यसअघि सिलायन–७ लाई नाडा अटो शोमा प्रदर्शन गरिएको थियो।
गाडीको डिजाइनमा क्लोज्ड ग्रिल, आक्रामक फ्रन्ट बम्पर, १९ इन्चको ड्युअल टोन अलोय पाङ्ग्रा (२० इन्चको विकल्प पनि), फ्लश टाइप डोर ह्यान्डल र ब्ल्याक रग्ड क्लेडिङ दिइएको छ। पछाडि पिक्सल डिजाइन एलईडी टेल लाइट, फग ल्याम्प र ब्ल्याक बम्पर छ। स्टोरेजका लागि ५८ लिटरको फ्रन्ट स्पेस, ५२० लिटरको बुट स्पेस र सिट फोल्ड गर्दा १७८९ लिटर स्पेस उपलब्ध हुन्छ।
यसमा १५.६ इन्चको घुम्ने टचस्क्रिन, १०.२५ इन्चको डिजिटल डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, हेड–अप डिस्प्ले, प्यानोरामिक ग्लास रूफ, हिटिङ र भेन्टिलेसन भएको सिट, ५० वाटको वायरलेस चार्जर, कनेक्टेड कार टेक र पावर्ड टेलगेट छन्।
सुरक्षाका लागि ११ एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटर, पार्किङ सेन्सर र एडास प्रणाली (जसमा रियर कोलिजन वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल) छन्।
प्रिमियम संस्करणले ३१३ एचपी पावर, ३८० एनएम टर्क, ०–१०० किमी/घन्टा ६.७ सेकेन्डमा, ५६७ किमी रेन्ज दिन्छ। परफर्मेन्स संस्करणले ५३० एचपी पावर, ६९० एनएम टर्क, ४.५ सेकेन्डमा गति लिन्छ, ५४२ किमी रेन्ज दिन्छ।
प्रिमियमको मूल्य ७२ लाख ९९ हजार र परफर्मेन्सको ७४ लाख ९९ हजार रुपैयाँ राखिएको छ।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया