बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४४.९१ प्रतिशतले घटेर ५ लाख ६२ हजार रुपैयाँमा सिमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १० लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १२ करोड ७९ लाख रुपैयाँबाट ४.२१ प्रतिशतले घटेर १२ करोड २५ लाख रुपैयाँमा झरेको छ। यता, वित्तीय खर्च ७ करोड ३० लाख रुपैयाँबाट घटेर ६ करोड ३५ लाख रुपैयाँमा झरेको छ भने कम्पनीको कुल खर्च भने ५ करोड १५ लाख रुपैयाँबाट बढेर ५ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोष ८ करोड ११ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी (त्रैमासिक) ०.१९ पैसा र प्रतिसेयर नेटवर्थ ८३.०५ रुपैयाँ रहेको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया