संघीय संसदको दुवै सदनको बैठक आज बस्दै, केके छन् कार्यसूची ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ५ गते
संघीय संसदको दुवै सदनको बैठक आज बस्दै, केके छन् कार्यसूची ?
AdvertisementAds

संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे सुरु हुने कार्यतालिका छ।

प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची तय गरिएको छ।

साथै गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले “जलस्रोत विधेयक, २०८१” सम्बन्धी पूर्वाधार विकास समितिको प्रतिवेदनसहित छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि संसदमा पेश गरिनेछ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ५३ बमोजिम सरकारको वार्षिक प्रतिवेदन २०८०/८१ सभा समक्ष पेस गर्नेछन्।

AdvertisementAds

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले “चलचित्र विधेयक, २०८१” प्रतिनिधि सभामा पेस गर्नेछन् भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०” माथि विचार गरियोस् भन्ने प्रस्ताव अघि सार्नेछन्।

उता, राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स