वैदेशिक रोजगारीमा जानेलाई ठूलो राहत: साउदी, युएई र कतारसहित ८ देशका लागि पुनः श्रम स्वीकृति खुल्यो

वैदेशिक रोजगारीमा जानेलाई ठूलो राहत: साउदी, युएई र कतारसहित ८ देशका लागि पुनः श्रम स्वीकृति खुल्यो

सरकारले मध्य–पूर्वका खाडी मुलुकहरू र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूको लागि पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा बिदामा नेपाल आएका श्रमिकहरूले कार्यस्थलमा फर्किन सहज हुनेगरी यो निर्णय गरिएको बताइएको छ।

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा काम गर्ने श्रमिकहरूले अब पुनः श्रम स्वीकृति पाउनेछन्। मन्त्रालयका अनुसार माग र परिस्थिति अनुसार चैत ३ गते निर्णय गरिएको हो।

तर सुरक्षा संवेदनशीलता हेर्दै इरान, इसराइल, बहराइन, कुवेत, इराक र लेबननमा व्यक्तिगत वा संस्थागत श्रम स्वीकृतिमा रोक जारी रहनेछ। यसअघि २०८२ फागुन १७ गते पश्चिम एसियाका केही देशमा श्रम स्वीकृति स्थगन गरिएको थियो। मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेले अब स्थिति हेरेर केही देशमा पुनः स्वीकृति खुला गरिएको जानकारी दिएका छन्।

649683417 2305362769954482 6505888793199734919 n https://bajarkochirfar.com/big-relief-for-those-going-for-foreign-employment-work-permits-reopened-for-8-countries-including-saudi-arabia-uae-and-qatar | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स