भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै भुजुङ्ग हाइड्रोपावर, कहिलेसम्म भर्न सकिने ?

भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै भुजुङ्ग हाइड्रोपावर, कहिलेसम्म भर्न सकिने ?

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले भोलि माघ १२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ८ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो ।

आईपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते बन्द हुनेछ ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले उच्च जोखिम संकेत गर्छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स