भगवति हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

भगवति हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश प्रस्ताव गरेको छ।

असोज १० गते बसेको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण गरिनेछ। कम्पनीले साधारणसभा कार्तिक २ गते गर्ने निर्णय गरेको छ।

यस प्रयोजनका लागि कम्पनीले असोज २१ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसैले असोज २० गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

BGWT https://bajarkochirfar.com/bhagwati-hydropowers-dividend-announcement-how-much-is-the-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स