बेष्ट फाइनान्सले मर्जर प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो

बेष्ट फाइनान्सले मर्जर प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
Advertisement Ads

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले अठ्ठाईसौं वार्षिक साधारण सभा आउँदो असार १८ गते बिहान ११ बजे, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बोलाएको छ।

सभामा भविष्यमा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रियामा जान आवश्यक सबै कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पेश हुनेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गरिनेछ। चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसमेत सोही सभाबाट गरिनेछ।

साथै, सञ्चालक समितिमा सर्वसाधारण तथा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन पनि उक्त सभाबाट हुनेछ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, जेठ २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

Screenshot 2025 05 28 090617 https://bajarkochirfar.com/best-finance-calls-annual-general-meeting-with-merger-proposal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स