बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्दैछ।कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५३ लाख ५८ हजार ११५ कित्ता हकप्रद सेयर १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो।
यस प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरेको छ। तसर्थ, जेठ २१ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र यसमा आवेदन दिन योग्य हुनेछन्। आवेदन दिने अन्तिम मिति असार १९ गते तोकिएको छ। हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
इच्छुक लगानीकर्ताहरूले आरबिबि मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकका निम्न शाखाहरू—विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरानमा आवेदन दिन सक्नेछन्। साथै, सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरू र मेरो सेयर पोर्टलमार्फत पनि आवेदन दिन सकिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘‘केयर-एनपी बीबी ‘ रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ। हाल बरुण हाइड्रोपावरको चुक्ता पूँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर बाँडफाँडपछि पूँजी १ अर्ब ७ करोड १६ लाख रुपैयाँ पुग्नेछ।



















प्रतिकृया