सरकारलाई वर्षमान पुनको प्रश्न, “पद खाली भएको दुई महिनासम्म पनि किन गभर्नर नियुक्त गर्न सकिएन ?”

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३१ गते
सरकारलाई वर्षमान पुनको प्रश्न, “पद खाली भएको दुई महिनासम्म पनि किन गभर्नर नियुक्त गर्न सकिएन ?”

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएको दुई महिना नाघिसक्दा समेत नियुक्ति हुन नसकेकोप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

नेपाल उद्योग परिसंघद्वारा आयोजित “आर्थिक रूपान्तरणको मार्गचित्र” विषयक कार्यक्रममा मंगलबार बोल्दै उनले राजनीतिक नेतृत्वको कमजोरीप्रति गहिरो चिन्ता जनाए। “गभर्नर पद खाली भएको दुई महिनासम्म पनि नियुक्त गर्न सकिएन ? यति नाङ्गो कुरा कसरी सम्बोधन गर्ने ? यसमा राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्ने कि नगर्ने?” उनले प्रश्न उठाए।

पुनले सेबोन (नेपाल धितोपत्र बोर्ड) मा अध्यक्ष नियुक्तिको क्रममा भएको रस्साकस्सीको उल्लेख गर्दै नियामक निकायहरूमा पनि गम्भीर राजनीतिक हस्तक्षेप भइरहेको बताए। “अहिले कसको नजिकको गभर्नर, सेबोन अध्यक्ष, बीमा प्राधिकरणको प्रमुख भनेर भागबन्डाको वातावरण बनेको छ। अब त सचिवसमेत ‘कसको नजिकको’ भनेर हेर्ने अवस्था आएको छ,” उनले गहिरो चिन्ता व्यक्त गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स