प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका साहुहरू खराब हुँदा ऋणीहरू झन् संकटमा परेको बताएका छन्। सोमबार आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा बोल्दै उनले समस्यामा परेका ऋणीलाई थप ऋण उपलब्ध गराई उठाउने नीति लिनुपर्ने सुझाव दिए।
उनका अनुसार बैंकहरूले व्यवसायीलाई टिकाएर ऋण असुली गर्ने रणनीति अपनाउनुपर्छ। “उद्योग-व्यवसाय संकटमा पर्दा बैंकहरूले हतारमा असुली गर्न खोज्दा स्थिति झन् बिग्रिन्छ,” उनले भने। “ऋणीलाई संकटमा पारेर घाँटी निचोर्ने प्रवृत्ति अपनाउनु गलत हो।”
प्रधानमन्त्री ओलीले ऋणीलाई डुब्न नदिई सही तरिकाले रिटर्न लिनुपर्नेमा जोड दिए। “ऋणी डुब्यो भने उसले ऋण तिर्न सक्दैन, त्यसैले पहिला उसलाई उठाउन आवश्यक छ,” उनले थपे।
उनले बैंकहरूको अनियन्त्रित तरलता प्रवृत्तिले नकारात्मक असर पार्ने चेतावनी दिँदै भने, “बढी तरलताले अनावश्यक ठाउँमा लगानी गरिन्छ, अन्ततः बैंकहरू नै तरलता अभावको समस्यामा फस्छन्।”
ओलीले प्रत्येक क्षेत्र एक-अर्काका परिपूरक हुनुपर्ने उल्लेख गर्दै सहकार्यका आधारमा अर्थतन्त्र अघि बढाउनुपर्नेमा जोड दिए।














![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया