काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारप्रति आक्रोश पोखेका छन्। संघीय सरकारको प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कर्मचारीको तलब र अन्य आर्थिक कारोबार रोकिएको भन्दै उनले चर्को असन्तुष्टि जनाएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, बालेनले भने, “काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! ”
उनले सरकारलाई चेतावनी दिँदै भने, “त्यो पछी हेरौँला तिमीहरुको के के तन्त्र हो!”















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया