काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले तिनकुने घटनामा ज्यान गुमाएका सुबिन महर्जन र सुरेश रजकका परिवारलाई भेटी समवेदना व्यक्त गरेका छन्। उनले आइतबार किर्तिपुर र डल्लु पुगेर दुबै पीडित परिवारसँग भेटवार्ता गरेका हुन्।
चैत्र १५ गते घटेको घटनामा दुई युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै मेयर शाहले कुनै पनि व्यक्तिको ज्यान जानु गम्भीर विषय भएको उल्लेख गरे। उनले अपराध जुनसुकै पक्षबाट भए पनि निष्पक्ष छानबिन गरिनु पर्ने र दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।
“राज्यले निष्पक्ष छानबिन गर्नुपर्छ। यदि सरकारबाट न्यायिक अनुसन्धानमार्फत दोषीलाई कारबाही भएन भने पीडित परिवारलाई कानुनी उपचारमा सघाउन महानगरपालिका तयार छ,” उनले भने।
मेयर शाहले पीडित परिवारलाई कानुनी सहायता प्रदान गरिने र महानगरको तर्फबाट नियमानुसार आर्थिक सहयोगसमेत उपलब्ध गराइने जानकारी समेत दिएका छन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया