गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत भएपछि निरन्तर सकारात्मक सर्किट लागेको छ। कम्पनीको माघ २४ गते (बिहीबार) कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो। यसमध्ये संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता र सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता सेयर रहेको छ।
पहिलो कारोबारका लागि नेप्सेले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सलाई १०० रुपैयाँ ३४ पैसा देखि ३०१ रुपैयाँ २ पैसा सम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। माघ २७ गते आइतबार कम्पनीको सेयर कारोबार नेप्सेले प्रदान गरेको उच्चतम ओपनिङ्ग रेञ्ज ३०१ रुपैयाँमा खुलेको थियो र पहिलो कारोबार दिनमै सेयर मूल्य आधा घण्टामा १० प्रतिशतले बढेर ३३१.१० रुपैयाँ पुगेको थियो।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माइक्रो इन्स्योरेन्स सेक्टरको पहिलो कम्पनी भएकाले लगानीकर्ताहरूको ध्यान आकर्षित गर्न सफल भएको छ। नयाँ सेक्टरको पहिलो कम्पनी र सिमित सेयर संख्या जस्ता कारणले गर्दा कम्पनीको सेयरमा लगातार सकारात्मक सर्किट लागेको हो।
त्यसैगरी, कम्पनीको वित्तीय अवस्था पनि आशावादी देखिएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। जुन गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ लाख रुपैयाँ मात्रै थियो। नाफामा भएको उल्लेखनीय वृद्धिसँगै प्रतिसेयर आम्दानी पनि १२ पैसाबाट बढेर ४ रुपैयाँ ४१ पैसा पुगेको छ। वित्तीय विवरण सकारात्मक देखिएकाले समेत लगानीकर्ताहरू कम्पनीप्रति अझै आकर्षित भएका छन्, जसले गर्दा कम्पनीको सेयर मूल्य निरन्तर उकालो लागिरहेको छ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया