हिमालयन रिइन्स्योरेन्सको नयाँ पुनर्बीमा व्यवसायमा प्राधिकरणको प्रतिबन्ध

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३१ गते
हिमालयन रिइन्स्योरेन्सको नयाँ पुनर्बीमा व्यवसायमा प्राधिकरणको प्रतिबन्ध

नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ।

प्राधिकरणको वैशाख २९ गतेको निर्णयअनुसार कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न प्रतिबन्ध लगाइएको हो। बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम यो निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

निर्णयअनुसार उक्त अवधिभर कम्पनीले नयाँ पुनर्बीमा व्यवसाय गर्न नपाउने भए पनि यसअघि भएका पुनर्बीमा दाबी भुक्तानी प्रक्रिया र रेट्रोसेसन सम्बन्धी कार्य भने गर्न पाउनेछ।

हाल कम्पनीका तत्कालीन सञ्चालक तथा उच्च व्यवस्थापनमाथि बीमा सम्बन्धी कसुर, सम्पत्ति शुद्धीकरण तथा धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स