पाँच वर्षदेखि लगातार सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता एशियन थाई फुड्सले नयाँ उत्पादन ‘डेभिल्स हट चिकेन नूडल्स’ सार्वजनिक गरेको छ। कम्पनीले भदौ १६ देखि देशैभर उपलब्ध हुने जानकारी दिएको छ। यस नुडल्समा सन्तुलित मसालेदार स्वाद र स्वादिलो मिश्रण रहेको कम्पनीले जनाएको छ, जसले मसालाको राम्रो सन्तुलन खोज्ने जो कोहीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
‘नेपालकै सबैभन्दा मिठो स्वाद डेलीसिअस छ’ भन्ने ट्यागलाइनसहित डेभिल्स हट चिकेन नूडल्सले तीव्र र बलियो स्वादसँग उच्च गुणस्तरको नुडल्सको अनुभव दिन्छ। एशियन थाई फुड्सका निर्देशक आशिष जाजुले भने, “यो केवल साधारण नुडल्स होइन, साहसिक स्वाद चुनौती पनि हो।”
व्यवस्थापकीय निर्देशक महेश जाजुले कम्पनी अहिले आईपीओ निष्काशनको तयारीमा रहेको र नवप्रवर्तन तथा नेपाली रुचिअनुसारको स्वादमा प्रतिबद्ध रहेको बताए।
प्रति प्याकेट रु ५० मा उपलब्ध यस नुडल्सको ५ प्याकेटको फ्यामिली प्याक रु २५० मा पाइनेछ, जसमा प्रत्येक प्याकमा चकलेट वेफर समावेश गरिएको छ। डेभिल्स हट चिकेन नुडल्स भाटभटेनी लगायत ठूला खुद्रा पसलहरूमा र दराज जस्ता अनलाइन प्लेटफर्ममार्फत सजिलै उपलब्ध हुनेछ।
कम्पनीले उच्च गुणस्तर, प्रामाणिकता र नवप्रवर्तन कायम राख्दै वास्तविक एशियाली खानाका उत्पादनहरू नेपाल र विदेशमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।



















प्रतिकृया