आशा लघुवित्तले आगामी पुस ४ गते शुक्रबार धुलिखेलस्थित अरनिको होटलमा साधारणसभा आयोजना गर्ने भएको छ। सभामा लाभांशसहितका विविध प्रस्ताव पेश गरिनेछन्। २०७८/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांशसहित कुल १० प्रतिशत लाभांश वितरण प्रस्ताव गरिएको छ। साधारणसभा पारित गरेपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्।
साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मंसिर २१ गतेसम्म नाम दर्ता भएका सेयरधनी मात्र सभामा सहभागी हुँदै प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।
लघुवित्तले विशेष प्रस्तावअन्तर्गत मर्जर तथा एक्विजिसनसम्बन्धी अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि ल्याएको छ। यसअन्तर्गत सम्भावित गाभ्ने/गाभिने प्रक्रियाका लागि ड्यु डिलिजेन्स अडिट गराउन मूल्याङ्कनकर्ता नियुक्त गर्ने, समझदारीपत्र तयार गर्ने तथा आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन समिति सक्षम बनाइनेछ। त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया