खराब कर्जा बढेसंगै फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा घट्यो

खराब कर्जा बढेसंगै फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा घट्यो
Advertisement Ads

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३८.४१ प्रतिशत घटेर ५ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यसले ८ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी २७.५६ प्रतिशतले घट्दा लघुवित्तको नाफामा गिरावट देखिएको हो। लघुवित्तको खुद ब्याज आम्दानी ११ करोड १४ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, खुद फि र कमिशन आम्दानीमा पनि ८६.२६ प्रतिशतले घटेर १६ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै सञ्चालन नाफा ४३.३८ प्रतिशत घटेर ७ करोड ४७ लाख रुपैयाँमा आएको छ।

लघुवित्तको खराब कर्जा २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ। पुस मसान्तसम्म यसको जगेडा कोषमा ३४ करोड ६ लाख रुपैयाँ रहेको छ भने, समीक्षा अवधिमा लघुवित्तले ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफा घट्दा लघुवित्तको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९८ पैसाले घटेर ७ रुपैयाँ ७८ पैसामा आएको छ। पुस मसान्तसम्म लघुवित्तको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३३ पैसा छ ।
पुस मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ९१ लाख रुपैयाँ रहेको छ।

afmdbl https://bajarkochirfar.com/as-non-performing-loans-increase-first-microfinances-profit-has-decreased | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स