सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरिएको छ। सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत ती निर्णय सार्वजनिक गरेका हुन्।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्केमेनिस्तान भ्रमण स्वीकृत गर्नुका साथै विभिन्न पदमा नियुक्ति गरेको छ। केही सहसचिवहरूलाई सचिवमा बढुवा गरिएको छ भने नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रारमा ध्रुवराज भट्टराईलाई नियुक्त गरिएको छ।



प्रतिकृया