दुई कम्पनीको हकप्रद सेयरमा आजदेखि आवेदन खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २३ गते
दुई कम्पनीको हकप्रद सेयरमा आजदेखि आवेदन खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?

सिटि होटल लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आज (भदौ २३ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेका छन्।

सिटि होटलले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ। यसअनुसार कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर ८ कित्ता अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ रहनेछ। कम्पनीले यसका लागि साउन २७ गते बुकक्लोज गरेको थियो। सोही आधारमा साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस्तै, रिभर फल्स पावर लिमिटेडले भने चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ। कम्पनीले १:१ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता, अर्थात् ७० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ। यसका लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो, जसअनुसार साउन २५ गतेसम्म कायम रहेका सेयरधनीहरुले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

दुबै कम्पनीलाई हकप्रद निष्काशनका लागि केयर रेटिङ्ग नेपालले CARENP डबल बी माइनस इश्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक दुबै कम्पनीको प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलसँगै प्रभु बैंकका विभिन्न शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत र सिडिएस एण्ड क्लियरिङ्गको ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स