छ्याङ्दी हाइड्रोपावर लिमिटेडले १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको छ। जसअनुसार कुल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरिएको हो। हकप्रद सेयरमा आवेदन दिन आज जेठ २३ गतेदेखि सुरु हुनेछ र लगानीकर्ताले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको हुँदा, जेठ १ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्र हकप्रद सेयरको दाबी गर्न पाउनेछन्।
यस हकप्रद सेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। आवेदन ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौं, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालय, धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर अनलाइन प्रणालीमार्फत दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ भने हकप्रदपछि पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया